प्रथम सुन्दर सुदूरपश्चिम महोत्सव  आजबाट सुरु

प्रथम सुन्दर सुदूरपश्चिम महोत्सव  आजबाट सुरु

धनगढी : ‘समृद्ध सुदूरपश्चि प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र ब्यापार’ भन्ने मुल नाराका साथ आजबाट प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव आजबाट सुरु भएको छ । बिभिन्न किसिमका सांस्कृतिक झाँकीसहित महोत्सव उद्घाटन गरिएको हो । 

बिश्वज्योति यूवा क्लब र शक्ति यूवा क्लब धनगढीको आयोजनामा भइरहेको महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले गर्नुभएको हो ।

उद्घाटन सत्रमा राज्यमन्त्री रावलले यस महोत्सवले भाषा, कला, संस्कृति,  कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने बताउनुभयो।

महोत्सवको उद्घाटन सत्रमा धनगढी उप महानगरपालीकाका प्रमुख नृप बहादुर वडले महोत्सवलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

धनगढी फन सिटी को प्रवद्र्धन र स्थानीयलाई मनोरन्जन दिनको लागि महोत्सव आयोजना गरिएको आयोजकले  जानकारी दिएको छ ।

महोत्सव माघ २ गते सम्म सञ्चालन हुनेछ । महोत्सबमा बिभिन्न किसिमका सांस्कृतिक झाँकीसगै उँटको नृत्य देखाइने आयोजकले जनाएको छ । 
३ सय स्टल रहेको महोत्सब  धनगढी भन्सार रोडमा रहेको फन सिटी अगाडिको खुल्ला चौरमा आयोजना भईरहेको छ ।