संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक : काँग्रेस नेता बडू

संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक : काँग्रेस नेता बडू

दार्चुला । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । सोमवार प्रेस युनियन दार्चुला शाखाले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यो असंबैधानीक र अराजनैतीक ढंगले अधिनायकबादी शैलीमा घटना भएको बताए ।

‘आफूहरुले सुरु देखि नै ओलीले सबै शक्ति आफ्नो हातमा लिएर कसैलाई प्रवाह नगरी अधिनायकबाद ल्याउदै छन् भनेका थियौ अहिले त्यही भयो ।’ बडूले भन्नुभयो । उनले भने ‘नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन् ।

संसद विघटन सम्बन्धी संविधानको धारा ७६ -७_ मा प्रस्टसँग के भनिएको छ भने निर्वाचन भएपछि एउटै पार्टीको बहुमत आयो भने जो संसदीय दलको नेता हुन्छ, उही प्रधानमन्त्री हुन्छ । त्यो भएन भने दुई वटा दल मिलेर बहुमतको सरकार बनाउने हो र त्यो पनि भएन भने राष्ट्रपतिले संसदमा भएको सबैभन्दा ठूलो दललाई दिने हो । यी तीनै अवस्था भएन् भने मात्र नयाँ निर्वाचन तर्फ जान सकिने अवस्था आउथ्यो ।’

ओली संविधानको धारा ७६ (२) को व्यवस्था विपरीत अघि बढेको उहाको भनाइ छ । राष्ट्रपतिले संसद विघठनको सिफारिस सदर गर्नु गल्ती भन्दै यसको प्रतिरोध गर्ने बताए । अहिलेको अवस्थामा राष्ट्रपति नै संविधानको भक्षक भएको आरोप लगाए ।

यसले भविष्यमा राजनैतिक अस्थिरता निम्त्याउने र नयाँ अस्थिरतामा मुलूक जाने प्रति चिन्ता भएको बताए । अब आफूहरुको आशा न्यायमा रहेको भन्दै न्यायपालिकाले यसलाई उल्ट्याउनेमा विश्वास व्यक्त गरे ।