कैलाली उद्योग बाणिज्य संघको  निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

कैलाली उद्योग बाणिज्य संघको  निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

धनगढी : कैलाली उद्योग बाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज साँझ प्रकाशन गरिएको छ । 

प्रमुख निर्वाचन अधिकृत यादव बहादुर भण्डारीका अनुसार पदाधिकारीमा सबैको उम्मेदवारी कायमै रहेको छ । सदस्यमा भने डिललीराज अवस्थीको समुहबाट उम्मेदवारी दिएका ध्रुवराज कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । 

सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेकोमा अब २९ जना मात्र प्रतिस्पर्धा गर्नेछन् । संघको अध्यक्षका लागि वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लिराज अवस्थीलको उम्मेदवारी रहेको छ ।

निर्वाचनका लागि सबै प्रक्रिया पुरा भएको र अब २८ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।