विश्वसनीय तथ्यांक पाउन समस्या

विश्वसनीय तथ्यांक पाउन समस्या

कुनै पनि क्षेत्रमा विकासका गतिबिधि संचालन गर्न त्यो ठाउँको अवस्था अध्ययन गर्न महत्वपूर्ण हुन्छ । ठाउँको अवस्था अध्ययन नगरी संचालन गरिएका विकास गतिबिधिले परिणाम दिन सक्दैनन् । त्यसका लागि विश्वस्नीय तथ्यांक हुनु आवश्यक छ । तर सुदूरपश्चिम प्रदेशको अवस्था अध्ययन गर्न त्यस्ता विश्वस्नीय तथ्यांकको अभाव रहेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशका सातवटा जिल्लाहरुमा नियमित रुपमा गर्ने आर्थिक गतिबिधि अध्ययनका लागि अहिले विश्वस्नीय तथ्यांक पाउन समस्या भइरहेको छ । जिल्लामा रहेका कृषि उद्योग पर्यटन शिक्षा स्वास्थ्य जस्ता कार्यालयहरुबट यस्तो अध्ययनका लागि तथ्यांक लिने गरेको बैंकले चालू आर्थिक बर्षको अध्ययनका लागि विश्वस्नीय त्यांक पाउन नसकेको हो । 

आर्थिक गतिबिधि मात्रै होइन जुनसुकै बिषयमा बिश्लेषण गर्न तथ्यांकको महत्वपूर्ण भूमिका हुन्छ । तर सुदूरपश्चिम प्रदेशमा यतिखेर विश्वस्नीय तथ्यांक पाउन निकै कठीन छ । हिजो जिल्ला स्तरीय कार्यालयहरु रहेकोले तथ्यांक संकलन गर्न सजिलो भए पनि नया संरचना अनुसार विश्वस्नीय तथ्यांक संकलन गर्नु नै आजको आवशयकता रहेको नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताउनुभयो । 

देशको अध्ययनका लागि विश्वास गर्न योग्य तथ्यांक नभएको स्वीकार गर्दै प्रदेश सरकार नया भएकोले तथ्यांक संकलनको प्रारम्भिक चरणमा रहेको प्रदेश सरकारको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्लेले बताउनुभयो ।

तथ्यांकको अभावलाई पुर्ति गर्नका लागि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभरीको बहुसुचक अध्ययनको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराका अनुसार केन्द्रीय तथ्यांक बिभाग र नेपाल राष्ट्र बैंकसित समन्वय गरेर प्रदेश सरकारले चाँडै तथ्यांक संकलन गर्ने काम शुरु गर्नेछ । मन्त्री बोहराले बहुसुचक सर्वेक्षणका लागि एक हप्ताभित्रै काम शुरु हुन लागेको जानकारी दिनुभयो ।