कैलाली प्रहरी द्धारा भन्सार छलेर ल्याएको सामान बरामद

कैलाली प्रहरी द्धारा भन्सार छलेर ल्याएको सामान बरामद

धनगढी । कैलाली प्रहरीले भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । 

कैलाली प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १ लाख ३८ हजार बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो ।

बिभिन्न मितिमा चोरी पैठारी गरी ल्याई बेवारिसे अबस्थामा राखिएका खाद्याान्न, लत्ताकपडा, ईलेक्ट्रोनिक, भाडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी गराए ।

उक्त सामान आवश्यक कार्वाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको उनले बताए ।