प्रशिद्ध तिर्थ स्थल परशुराम धाममा पुस ३० गते देखी महोत्सव हुने

प्रशिद्ध तिर्थ स्थल परशुराम धाममा पुस ३० गते देखी महोत्सव हुने

डेल्धुरा : डेल्धुराको भित्रीमधेशमा पर्ने प्रसिद्ध धार्मिक स्थल परशुराम धाममा धार्मिक महोत्सव आयोजना हुने भएको छ ।

परशुराम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । शुक्रवार महोत्सव सम्बन्धी जानकारी दिँदै नगर प्रमुख भीम बहादुर साउँदले पुस ३० गते शुरु हुने महोत्सव माघ ८ गते सम्म सञ्चालन हुने बताउनुभयो ।

उहाँले देशकै प्रमुख र प्रसिद्ध धार्मिक स्थल भएकोले यो क्षेत्रको प्रचार प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । हरेक बर्ष मकर संक्रान्तिमा गंगा स्नान मेला लाग्ने गरेकोले सोही दिनलाई बीचमा पारेर महोत्सव आयोजजा गरिएको बताउनुभयो । 

महोत्सव पुस ३० गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्रीहरु प्रदेश सभा सदस्य सबैलाई आमन्त्रण गरिएको नगरप्रमुख साउँदले जानकारी दिनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख तथा काठमाण्डौं, ललितपुर, पोखरा, भरतपुर लगायतमा महानगरपालिकाका साथै केही उपमहानगरपालिकाका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको बताउनुभयो ।