डीपीएलमा अहिलेसम्म बिकेका २९ मध्ये महँगा तीन खेलाडी, कसको मूल्य कती ?

डीपीएलमा अहिलेसम्म बिकेका २९ मध्ये महँगा तीन खेलाडी, कसको मूल्य कती ?

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) को जारी अक्सनको पहिलो सेसनसम्म २९ जना खेलाडी ६ फ्रेन्चाईज टिमले किन्दा तीन जना खेलाडीले अधिकतम मूल्य पाएका छन् ।

राष्ट्रिय टोलीका विनोद भण्डारी, मोहमद आरिफ शेख तथा ललित भण्डारीले डिपीएलको अधिकतम २ लाख ५० हजार मुल्य पाएका हुन् । अधिकतम मूल्य पाएका तीनै जना खेलाडीमाथि टिमहरुले विड गरेपछि उनीहरुलाई लक्की ड्र मार्फत् टिमले पाएका हुन् ।

राष्ट्रिय टोलीका खेलाडी विनोद भण्डारीका लागि ५ टिमले विड गरे । काठमाडौं गोल्डेन, विराटनगर किङ्स, महेन्द्रनगर युनाइटेड, रुपन्देशी च्यालेन्जर्स र सिवाईसी अत्तरीयाले विड गरेका थिए । तर विनोदलाई लक्की ड्र मा भाग्यमानी रुपन्देही च्यालेन्जर्सले पाएको हो ।

आरिफ शेखका लागि काठमाडौं गोल्डन,  विराटनगर किङ्स, महेन्द्रनगर युनाइटेड तथा रुपन्देशी च्यालेन्जर्सले विड गरे पनि लक्की ड्र मार्फत् उनलाई महेनद्रनगरले आफ्नो टिममा पार्न सफल भयो । जसमा मार्की खेलाडी शरद भेषावकर रहेका छन् ।

अर्का खेलाडी ललितसिंह भण्डारीका लागि तीन टिमले विड गरेका थिए । सिवाईसी अत्तरीया, धनगढी स्टार्स र रुपन्देहीले विड गरेका थिए तर लक्की ड्र मा रुपन्देही भाग्यमानी बन्यो । विनोद ललित र आरिफको बेस प्राइज १ लाख ५० हजार रहेको थियो।

विराटनगर किङ्सको अघिल्लो वर्ष राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मार्की खेलाडी रहेका थिए भने यो वर्ष युवा अलराउण्डर करण केसी छन् ।

कसले कतीमा र कुन—कुन खेलाडी किने 

रुपन्देही च्यालेन्जर्स —९ जना

मार्की खेलाडी: वसन्त रेग्मी

विनोद भण्डारी २ लाख ५० हजार, ललित भण्डारी २ लाख ५० हजार, प्रदिप ऐरी २ लाख ४० हजार , सन्दीप सुनार १ लाख १० हजार, कृष्ण कार्की, १ लाख, सुमित महर्जन ७५ हजार, पुरन विक ५० हजार र अनिल खरेललाई ३० हजार

विराटनगर किङ्स— ७ जना
मार्की खेलाडी: करण केसी 
आसिफ शेख १ लाख ८० हजार, कुसल भुर्तेल १ लाख ६० हजार, अर्जुन अधिकारी ३० हजार, किसोर महतो १ लाख, साम्सद शेख ७५ हजार, राजेश पुलामि मगर ७५ हजार,

धनगढी स्टार्स — ६ जना
मार्की खेलाडी: सोमपाल कामी 
सौरभ खनाल १ लाख ६० हजार, अमित श्रेष्ठ १ लाख ३० हजार, विपीन खत्री र हरि बहादुर चौहान समान ९५ हजार, दिपेश श्रेष्ठ ८० हजार
 

महेन्द्र नगर युनाइटेड — ५ जना
मार्की खेलाडी: शरद भेषावकर
आरिफ शेख २ लाख ५० हजार, अभिनाश बोहरा १ लाख ७० हजार, अमरसिंह राउटेला १ लाख २० हजार, सागर ढकाल ७० हजार

काठमाडौं गोल्डेन्स — ४ जना
मार्की खेलाडी: ज्ञानेन्द्र मल्ल
राशिद खान १ लाख ७० हजार, विक्रम भुषाल १ लाख ६० हजार, अभिनव यादव ३० हजासिवाईसी अत्तरीया—४ जना

मार्की खेलाडी: दीपेनद्रसिंह ऐरी
जितेन्द्र सिंह ठकुरी ७५ हजार, भुवन कार्की २ लाख, दोरेन्द्र राउत ३० हजार