शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदै

शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदै

शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । शनिबार सुरु हुने प्रतियोगिता पुस १९ गतेसम्म चल्नेछ । 

प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुँदैछन् । खेल दाङको लमहीमा हुँदैछ । उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ प्रतिस्पर्धा गर्दैछन् भने  दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेश भिड्ने छन्।

प्रतियोगितामा आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

 त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ बीचका खेल हुँदैछन् । हरेक दिन दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेबाट हुनेछ । 

प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको हो  ।