क्यानडामा भेटियो ५६ हजार वर्ष पुरानो ब्वाँसोको बच्चोको परिरक्षित शरीर

क्यानडामा भेटियो ५६ हजार वर्ष पुरानो ब्वाँसोको बच्चोको परिरक्षित शरीर

उत्तरी क्यानडामा भेटिएको ब्वाँसोको छाउराको ममी अर्थात्‌ परिरक्षित शरीर कम्तीमा ५६ हजार वर्ष पहिलाको भएको वैज्ञानिकहरूले बताएका छन्।

यूकन क्षेत्रमा पर्ने डावसन नगरनजिकै दशौँ हजार वर्षदेखि जमिरहेको स्थानमा सुन उत्खनन गर्ने एक व्यक्तिले सन् २०१६ मा ब्वाँसोको पोथी बच्चाको उक्त ममी फेला पारेका थिए।

त्यसपछि स्थानीय ट्रोन्डेक ह्वेचइन समुदायका मानिसहरूले त्यसको नाम ज्हुर राखे। स्थानीय भाषामा ज्हुरको अर्थ ब्वाँसो हुन्छ।

वैज्ञानिकहरूका अनुसार यो "जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीर" हो। त्यसको छाला, रौँ र दाँत जस्ताको तस्तै छन्। -बीबीसी