धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार धनगढीमा प्रदर्शन गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको हो ।
सो अनुसार धनगढीमा पनि क्याम्पस चोकदेखि विरोध ¥याली सुरु भएर ट्राफिक चौराह पुगेर ¥याली सभामा परिणत भएको थियो ।