राजसंस्थालाई स्यालसँग तुलना गर्दैै ओलीले भने अब लोकतन्त्र खोसिँदैन

राजसंस्थालाई स्यालसँग तुलना गर्दैै ओलीले भने अब लोकतन्त्र खोसिँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था नरहेका कारण अब लोकतन्त्र कसैले खोस्न नसक्ने बताएका छन्।

उनले पहिले स्याल हुँदा कुखुरा खाने गरेको तर अब स्याल नै नभएका हुँदा अब कसैले कुखुरा नखाने बताए।
उनले स्यालरुपी राजसंस्था नै नभएको हुँदा अब लोकतन्त्र कसैले खान नसक्ने बताए।

‘म साथीहरुलाई आफैलाई विश्वास गर्न आग्रह गर्छु, तपाईं हामी छँदाछँदै अब कसैले लोकतन्त्र खोस्न सक्दैन,’ बुधबार बबरमहलमा आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने।