‘प्रचण्डले छोरी जिताउन कांग्रेससँग मिलेर मतपत्र च्यात्नुभयो’

‘प्रचण्डले छोरी जिताउन कांग्रेससँग मिलेर मतपत्र च्यात्नुभयो’

सुदूरपश्चिम क्षेत्रका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले छोरी जिताउन कांग्रेससँग मिलेर मतपत्र च्यातेको आरोप दोहोर्‍याएका छन्।

चुनावमा ४० प्रतिशत दिँदा प्रचण्ड अति खुशी भएको ओलीको आरोप छ।

आफूले चुनावका बेला आफूबिरुद्ध सरकार बनाउन कांग्रेससग प्रचण्ड मिलेको उनको आरोप छ।

उनले भने, ‘मैले प्रचण्डलाई मित्रताले अँगालेको थिएँ। उहाँले धृस्टरास्ट्रले जस्तो अँगाल्नुभयो।’  उनले यी तीन वर्ष डोभ साबुन, स्याम्फु र ड्रमका ड्रम पानी प्रचण्डलाई धुँदाधुँदा खर्च भएको बताए।

आफूले  ४ सय ४१ सदस्य पार्टी एकताका लागि दिएको बहुमतका लागि नभएको बताए।

‘एउटा बाकस भरिएको छ, प्रचण्डसँगको सम्झौताले,’ उनले भने।