धनगढीबाट करिब १ लाख बराबरको अवैध सामान बरामद

धनगढीबाट करिब १ लाख बराबरको अवैध सामान बरामद

धनगढी । धनगढीबाट प्रहरीले करिब १ लाख बराबरको अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–३ स्थित सडकखण्डबाट भारतबाट ल्याइएका अवैध सामान बरामद गरिएको हो। 

भन्सार छलेर ल्याइएका लुगाकपडा, जुत्ता र किराना गरी ९० हजार ७ सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

बरामद सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।