रावल समूहद्वारा नेकपा सुदूरपश्चिमको खाता कब्जा

रावल समूहद्वारा नेकपा सुदूरपश्चिमको खाता कब्जा

कैलाली ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम बैङ्क खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।

पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ति एकलौटी रूपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा ले आरोप लगाएका छन् । 

थापाले पार्टीको सम्पत्ति नासमास गर्न कसैले पनि गर्न नपाउने बताउँदै यो आपराधिक कार्यगरीएको आरोप लगाएका छन् ।पार्टी विभाजनको अवस्थामा पुगेपछि बैङ्कका म्यानेजरलाई समेत यस्तो परस्थितीमा निकासा नदिन अनुरोध गरेको थिए। तर प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको अध्यक्ष थापा ले बताए । 

तर नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिव गरी तीनजना मध्ये कुनै दुई जनाको नामबाट खाता सञ्चालन भएको र अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपा नै बहुमत प्राप्त पार्टी भएकोले अब आधिकारिक पार्टीको खाता सञ्चालन अधिकारको कुरा भएको दाबी गरेका छन् ।