कञ्चनपुरमा खरले छाएको घरमा आगलागी

कञ्चनपुरमा खरले छाएको घरमा आगलागी

कञ्चनपुर । कञ्चनपुरमा आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ। 

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ को बनचरिया शिविर बस्ने सन्धु रानाको खरले छाएको घरमा बिहीबार आगलागी हुँदा करिब डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानाको  भान्छाको चुलोबाट आगो सल्केर आगलागी भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन्।