नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच नेकपालाई एक बनाइराख्नेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।

गौतम प्रचण्डलाई भेट्न साँढे नौ बजे खुमलटार पुगेका हुन् । दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेका छन् ।

नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन् । तर, वामदेव तटस्थ छन् । उनले एकता अभियान नाम दिएर छुट्टै समूह बनाउँदैछन् ।