प्रधानमन्त्रीलाई संसद निरुदेवि पालको सुझाव : संघीयता खारेज गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

प्रधानमन्त्रीलाई संसद निरुदेवि पालको सुझाव : संघीयता खारेज गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

कंचनपुर । बिघठित प्रतिनिधि सभाकी सदस्य तथा युवा संघकी पूर्व अध्यक्ष निरुदेवी पालले प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न सुझाव दिएकी छिन । उनले प्रधानमन्त्री केपि शर्मा ओलिलाई संघीयता खारेज गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने सुझाव दिएकी हुन ।  संघीयता खारेज गरि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद काे सिट १०५ केन्द्र तोकि मन्त्रीमण्डल बढिमा १५ सदस्यीय बनाउनु पर्नेमा उनले जोड दिएकी हुन । पालले  सामाजिक संजाल मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै  यस्तो सुझाव दिएकी हुन । त्यसै गरि उनले भ्रष्टाचारी लाई जेलकाे कालकाेठरी मा सडाउने आँट गर्नुहोस र  नेपाली जनताको मन र मस्तिष्कमा रहनु हुनेछ भन्दै सामाजिक संजालमा लेखेकी हुन । 

 उनले सामाजिक संजाल फेसबुकमा यसो लेखेकी छिन । "सम्माननिय प्रधानमन्त्री ज्यु आँट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद काे सिट १०५ केन्द्र काे मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारी लाई जेलकाे कालकाेठरी मा सडाउने आँट गर्नुस नेपाली जनताकाे मनमस्तीस्कमा सधै बस्नुहुनेछ।" उनले यो आफ्नो व्यक्तिगत बिचार रहेको समेत अन्त्यमा लेखेकी छिन ।

No description available.