प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट अन्तर्गत आज एपीएफले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट अन्तर्गत आज एपीएफले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौ । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा शनिवार सेमिफाइनलका खेल हुँदै छन् ।

बिहान साढे नौ बजे हुने पहिलो खेलमा समूह 'ए' को विजेता एपीएफले समूह 'बी'को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै दिउँसो सवा एक बजे हुने अर्को खेलमा समूह 'बी'को विजेता प्रदेश एकले समूह 'ए' को उप विजेता लुम्बिनीसँग खेल्ने छ । आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् । आजको विजेता टिमले भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उप-विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५-२५ हजार रुपैयाँ पाउनेछन्