डोटीमा ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

डोटीमा ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

डोटी-केआईसिंह गाउँपालिका वडा नं. २ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । स्थानीय मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको  स्थानीय पुर्ण बमले जानकारी दिएका छन्।

ढुङ्गा बोकेर आउँदै गरेको से १ त १७२३ नम्बरको  ट्र्याक्टर  दुर्घटनामा ट्याक्टर चालक शिखर नगरपालिका–११ सिमारका १९ वर्षीय भक्त बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरमा सवार एक जना सामान्य घाईते भएका छन् । टयाक्टर २ सय ५० मिटर तल खसेको छ ।