कञ्चनपुर घटनाबारे भारतसँग बिरोध प्रकट गर्न कमल थापाले गरे सरकारको ध्यानाकर्षण

कञ्चनपुर घटनाबारे भारतसँग बिरोध प्रकट गर्न कमल थापाले गरे सरकारको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति भर्त्सना गरेका छन् ।

मंगलबार बिहान ट्वीट गर्दै उनले घटनाको छानविन गर्न र भारत सरकारसँग बिरोध प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार साँझ कञ्चनपुको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल–भारत सीमाक्षेत्रमा एसएसबीले चलाएको गोली लागेर स्थानीय नरेन्द्र सुनार घाइते भएका थिए ।

घुँडामा गोली लागेका सुनालको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजारबाट फर्कने क्रममा जंगल क्षेत्रमा उनलाई गोली प्रहार गरिएको थियो ।

कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु