राष्ट्रियसभाको बैठक आज, यस्तो छ कार्यतालिका

राष्ट्रियसभाको बैठक आज, यस्तो छ कार्यतालिका

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेको हो ।

प्रधानमन्त्री केपी ओली शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको हो । बैठक दिउँसो १ बजे बस्ने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्नुहुने कार्यतालिका रहेको छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका पनि रहेको छ ।

यसअघि पुस १७ को बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।