कैलालीमा नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थी द्वारा सरकारविरुद्ध प्रदर्शन

कैलालीमा नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थी द्वारा सरकारविरुद्ध प्रदर्शन

धनगढी। प्रधानमन्त्री केपी ओलीद्वारा गत पौष ५ गते असंवैधानिक रूपमा प्रतिनिधि सभाको विघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विद्यार्थीले कैलालीमा प्रदर्शन गरेका छन्। 

प्रचण्ड–माधव पक्षका अनेराश्ववियूका कार्यकर्ताले सुख्खडमा बुधबार दिउँसै टर्च बालेर विरोध प्रदर्शन गरेका हुन्। 

विद्यार्थीहरू दिउँसै टर्च बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ? भन्दै सडकमा निस्किएको अनेराश्ववियूका कैलाली जिल्ला सह संयोजक समीर जोशी ले बताए ।

असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभा पुनः स्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउँदा सम्म सङ्घर्ष अझ सशक्त रूपमा अधि बढ्ने सह संयोजक समीर जोशी ले जानकारी दिए ।