नपाएर जवाफ सवालहरू खेर जान्छन् जिन्दगीमा

नपाएर जवाफ सवालहरू खेर जान्छन् जिन्दगीमा

नपाएर जवाफ सवालहरू खेर जान्छन् जिन्दगीमा।
मान्छे सफल वा असफल बनेर जान्छन् जिन्दगीमा।

बिचार व्यवहार बुझेको छु नबुझिएको यत्ती हो बस,
मान्छेहरू रातो-रात प्रगति गरेर जान्छन् जिन्दगीमा।

गड्यौलाको मेहनतले माटोको आकर्षक बचेको हो,
बचाउने गड्यौला माटो मै सडेर जान्छन् जिन्दगीमा।

लुछा-चुँडी,हानथाप गर्दै समय घर्कि सक्यो महासय,
मलामी कसले पो सम्पत्ति लगेर जान्छन् जिन्दगीमा।

यहीँ सब नियती हो सायद कोहि इतिहास बनाएर त,
कोहि बनाएको पनि सारा सकेर जान्छन् जिन्दगीमा।

दु:ख लाग्दैन मलाई अब यस्ता नाटकहरूमा किनकी,
फक्रीदै फुलेका फूलहरू त झेरेर जान्छन् जिन्दगीमा।

२०७७/९/२३ महेन्द्रनगर