पर्यटन क्षेत्रको प्रवद्र्धनबाट सुदूरपश्चिमलाई समृद्ध बनाउँछौँ: मन्त्री भट्ट

पर्यटन क्षेत्रको प्रवद्र्धनबाट सुदूरपश्चिमलाई समृद्ध बनाउँछौँ: मन्त्री भट्ट

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले पर्यटन क्षेत्रको प्रवद्र्धनबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने सकिने बताइन्।

होटेल व्यवसायी सङ्घ कञ्चनपुरको २५औँ साधारण तथा १६औँ अधिवेशनमा आज उनले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारी र गैरसरकारी क्षेत्र सबै लाग्नुपर्ने बताइन्। मन्त्री भट्टले सरकार र जनताले एकार्काको राजनीति बुझ्न नसक्दा दुःख पाउने दिन आएको बताइन्।

“जनताले बुझेको राजनीति सरकारले बुझेको छैन, सरकारले बुझेको राजनीति जनताले बुझेको छैन”, उनले भनिन, “यही नबुझेर दुःखका दिन आउन लागेका छन।” होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हीराध्वज शाहले सङ्घ सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धन हुने गरी नीति बनाउनुपर्ने बताउनुभयो । “२०२५ मा बनेको ऐन अहिले २०७६ सम्म पनि उस्तै छ”, उनले भनिन, “सङ्घ सरकारबाट पर्यटन नीति बनाउनुपर्छ।”