डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक सडकबाट २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको  मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनाको कारण नखुलेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको र ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएको बताए ।