राष्ट्रिय एकता दिवसमा राष्ट्रपतिकाे सन्देश- सद्भभावपूर्ण एकताले फड्काे मारोस्

राष्ट्रिय एकता दिवसमा राष्ट्रपतिकाे सन्देश- सद्भभावपूर्ण एकताले फड्काे मारोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेकी छन्।

गोरखाका राजा शाहले गरेको एकीकरणले विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमी तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सदभावपूर्ण एकता र राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन्।

‘पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ‚’ विज्ञप्तीमा उल्लेख छ।

यसका साथ राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।