कोरोना संक्रमण बाट धनगढीका  ८० वर्षीय वृद्धको ज्यान गयो

कोरोना संक्रमण बाट धनगढीका  ८० वर्षीय वृद्धको ज्यान गयो

कैलाली । धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

साता पहिले अस्पताल भर्ना भएका धनगढी उप–महानगरपालिका वडा.नं. ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । 

कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार राती उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यो सँगै सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।