केही सडकमा छन् त केही दरबारमा छन्

केही सडकमा छन् त केही दरबारमा छन्

केही सडकमा छन् त केही दरबारमा छन्।
अनेकथरी मान्छेहरू त यसै बजारमा छन्।

युद्ध लडेकाहरू बिचरा खै कहाँ छन कहाँ, 
चैतेहरू बसेर महलमा चढेका कारमा छन्।

आनन्द छ तातो चिसो सबै व्यवस्था होला,
सोझा जनता पो सधैं गरिबीको मारमा छन्। 

तिमीहरूलाई जुङ्गाको लडाइ जहिल्यै पनि,
विचरा यी जनता युगौयुग देखि हारमा छन्।

नीति विधि पद्धति सिद्धान्त बेकार कुरा हो,
जता स्वार्थ पुराहुन्छ उतैतिरको धारमा छन्।

राजनीति सबै देशमा हुन्छ होला सायद तर,
नेपालका जस्तै नेता त बिरलै संसारमा छन्।

प्रतिस्पर्धा चलेको छ गाली गर्नेहरूको यहाँ,
सबै एक अर्कालाई सिध्याउने प्रचारमा छन्।

२०७७/९/२७ महेन्द्रनगर