डोटीमा अनटेष्ट अटो रिक्सा दुघर्टना : एकजनाको मृत्यु , चारजना घाइते

डोटीमा अनटेष्ट अटो रिक्सा दुघर्टना : एकजनाको मृत्यु  , चारजना घाइते

डोटी- डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने ४ जना घाइते भएका छन् ।

दुर्घटनामा चार जना घाइते भएका छन् । मंगलबार राति जिल्लाको शिखर नगरपालिका – ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । ७ जना सवारी बोकेर शिखर नगरपालिका – १० बानेडुग्रीसैन बाट दिपायल आउँदै गरेको अटो बुधबार राति ९:३० बजे तिर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा  शिखर नगरपालिका ३  का बर्ष ५३ का पदम जोरा को घटनास्थलमै मृत्यु  भएको छ भने घाइते हुनेमा शिखर नगरपालिका ३ का बर्ष १८ का अर्जुन पार्की, चालक शिखर नगरपालिका ३ बस्ने बर्ष ४१ का दिपक ब.जोरा, सोहि वडाका बर्ष ४० का जीत जोरा र बर्ष १७ का नरेश पार्की रहेको  प्रहरीले जनाएको छ।

घाइते चार जना मध्य दुई जना लाई जिल्लामा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ भने दुई जनाको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । अटोमा सवार दुई जना भने सकुसल छन् ।