लागु औषधसहित कञ्चनपुर बाट ३ जना पक्राउ

लागु औषधसहित कञ्चनपुर बाट ३ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर बाट लागु औषधसहित ३ जनालाइ पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार विशेष सूचनाको आधारमा १४ ग्राम ४ सय २० मिलीग्राम लागु औषध खैरो हिरोईनसहित  भीमदत्त नगरपालिका-१८ बस्ने २५ वर्षीय नरेश दमाइलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ। बैतडीको दशरथ चन्द नगरपालिका-४ घर भएका दमाइलाइ पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए।

यस्तै खैरो हिरोईन जस्तो पदार्थ ३ ग्राम २ सय ४० मिली ग्राम सहित थप २ जनालाइ पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। पक्राउ पर्नेमा बेदकोट नगरपालिका -९ बस्ने बर्ष ३० वर्षीय भिमबहादुर बिष्ट र २७ वर्षीय हिक्मत बिष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।