योगेन्द्र रावतको समुन्वयमा लिला राईको आर्थिक सहयोगमा खाद्यान्न वितरण

योगेन्द्र रावतको समुन्वयमा लिला राईको आर्थिक सहयोगमा खाद्यान्न वितरण

डोटीमा योगेन्द्र रावतको समुन्वयमा भोजपुर जिल्ला निवासी हाल बेलायतमा बस्दै आएकी समाजसेवी लिला राईको आर्थिक सहयोगमा  विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएको विपन्न आर्थिक अवस्था निकै कमजोर भै  दैनिक हातमुख जोर्नै समस्या भएका गरिब  परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।

शिखर नगरपालिका १० डोटीका अति गरीब विपन्न र पछाडि परेका समुदायका पाँच जना विपन्न परिवारलाई चामल, चना, नुन र तेल  लगायतका खाद्य सामग्री   शिखर नगरपालिका १० नं वडा कार्यालयमा  राहत वितरण गरिएको थियो ।