आज माघे संक्रान्ति, सुदूरपश्चिममा हर्ष उल्लासका साथ मनाइँदै

गोदावरी धाममा भक्तजनको घुइँचो

धनगढी खबर    

आज माघे संक्रान्ति, सुदूरपश्चिममा हर्ष उल्लासका साथ मनाइँदै

सुदूरपश्चिम । आज माघे संक्रान्ति अर्थात् माघी पर्व स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी मनाइँदै छ । 

नेपालीका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ । ज्योतिष शास्त्रअनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति ९माघे संक्रान्ति० पनि भनिएको हो । 

सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।

यो माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । यसलाई थारु समुदायको नयाँ वर्ष पनि भनिन्छ । आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । त्यस्तै दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक प्रर्यटकिय स्थल गोदावरी क्षेत्रमा स्नान गर्नेहरूको भिडभाड लागेको छ भने कतिपय मानिसहरू स्नान गरेर फर्किने क्रम समेत सुरु भएको छ।   कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम र प्रदेश बाहिर तथा छिमेकी भारतबाट समेत श्रद्धालु भक्तजन स्नान र पूजापाठका लागि गोदावरी क्षेत्र पुग्ने गरेका छन्। 

 



बिहिबार ०१, माघ २०७७ ०८:२१ मा प्रकाशित

#माघे संक्रान्ति #सुदूरपश्चिम
Loading...

प्रतिकृया दिनुहोस