माघी पर्वमा मुख्यमन्त्री भट्टको शुभकामना संदेश: 'प्रदेश बासीको सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुगोस'

माघी पर्वमा मुख्यमन्त्री भट्टको शुभकामना संदेश: 'प्रदेश बासीको सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुगोस'

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  माघी पर्वले प्रदेश बासीको सामाजिक एवंम् सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन । 

माघे संक्रान्ति एवंम् माघी पर्वको अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री भट्टले प्रदेशबासीहरुमा सामाजिक एवंम् सांस्कृतिक एकता र पारीवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस भन्ने कामना समेत गरेका छन् । 

यस्तै कोरोना महामारीमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पर्व मनाउन पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन।