आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा कञ्चनपुरमा एकजना मृत फेला

आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा कञ्चनपुरमा एकजना मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् ।  जिल्लाको दोधाराचाँदनी नगरपालिका–४ का ४० वर्षीय तुलबहादुर बुढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुढा आफ्नै कोठामा पंखामा डोरीले झुण्डिएको अवस्थामा मृत फेला परेको बताए। 

बुढाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताउँदै निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।