माघीको अवसरमा आयोजित पेनाल्टी सुट आउटमा बेहडी युवा क्लब बन्यो विजेता

माघीको अवसरमा आयोजित पेनाल्टी सुट आउटमा बेहडी युवा क्लब बन्यो विजेता

धनगढी  । थारु समुदाय को महान् चाड माघी अर्थात् पहाडी समुदाय को महान् चाड माघे सक्रान्तिको अवसरमा धनगढीमा पेनाल्टी सुट आउट प्रतियोगिता आयोजना गरिएको छ ।

धनगढी उप-महानगरपालिका वडा.नं. ३ को बढहरा गाउँ देउथान मन्दिर समिति द्वारा आयोजित प्रतियोगितामा बेडी युवा क्लब विजेता बनेको छ, भने राष्ट्रिय युवा सङ्घ धनगढी नगर कमिटीका अध्यक्ष विष्णु केसि नेतृत्वको टिम उप-विजेता बनेको छ ।

No description available.

विष्णु नेतृत्वको टिम बाट धनगढी उपमहानगर ३ का वर्डा अध्यक्ष बल बहादुर ऐर, फोटो पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश महासचिव शंकर बोहरा, फोटो पत्रकार महासङ्घ कैलालीका सचिव दिनेश बिस्ट र हरि खड्काले खेलेका थिए ।

पेनाल्टी सुट आउट प्रतियोगितामा १६ टिमको सहभागिता थियो । सोही कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।