आजदेखि प्रारम्भ हुँदैछ प्रधानमन्त्री कप

आजदेखि प्रारम्भ हुँदैछ प्रधानमन्त्री कप

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ ।

उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ ।

यो ्रतियोगिता माघ १७ सम्म चल्ने छ । प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । समूह बी मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् ।

समूह चरणपछि शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छ । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ मा हुने छ । फाइनल माघ १७ मा हुने छ ।

गतवर्ष माघमा सुनसरीको इनरुवामा सम्पन्न मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगितापछि यो पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

नेपाली पुरुष क्रिकेट टोलीले अन्तिम पटक गत फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि–२० छनोट खेलेको थियो ।

त्यसयता भने पुरुष टोलीका खेलाडीले कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन् ।