लागुऔषधसहित कञ्चनपुरबाट एक युवक पक्राउ

लागुऔषधसहित कञ्चनपुरबाट  एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेबा छन्।

सशस्त्र प्रहरी बलले कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय समिर राना रानालाई लागुऔषध नाइट्रभेटका ३ सय ४५ ट्याब्लेट, नगद २३ हजार ४० र मोबाइल एक थानसहित  पुनर्वास नगरपालिका–६ मनकामना टोलको जंगलबाट पक्राउ गरेको सशत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ। 
 
पक्राउपछि उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।