बैतडीमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडीमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी । बैतडीमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्लाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर यही माघ ७ गते शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । 

शिविरमा मानसिक स्वास्थ्यको समस्या भएका नागरिकलाई मध्यनजर गरेर स्वास्थ्य कार्यालयले शिविरको आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

शिविरमा मनोचिकित्सकद्वारा बिरामीहरूको चेक जाँच गरिने छ भने उनीहरूलाई आवश्यकता अनुसारको औषधि निःशुल्क वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै जिल्ला अस्पताल बैतडीको आयोजनामा यही माघ ९ र १० गते पञ्चेश्वरको कुलाउमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।