कोमल वलीले ल्याइन् केपी ओलीबारे गीत, भिडयोमा हेर्नुहोस्

कोमल वलीले ल्याइन् केपी ओलीबारे गीत, भिडयोमा हेर्नुहोस्

राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीको नयाँ गीत सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा केन्द्रीत रहेर उनले नयाँ गीत सार्वजनिक गरेकी हुन् ।‘फेरि पनि ल्याउनु पर्छ केपी ओली...’लाई बोलको गीतमा ओली व्यक्ति नभइ विचारको खानी भएको उल्लेख गरिएको छ ।

फौद बहादुर बस्नेत र ध्रुवराज धितालसमेतको स्वर रहेको गीतमा ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको त्यान्दो भन्दै उनको उच्च प्रशंशा गरिएको छ । अर्थात पुरै गीत प्रशंशा र ओली समृद्धिको सम्वाहक भएको भन्दै देशका लागि उनी चाहिने नेता भएको उल्लेख गरिएको छ ।