नेकपाकाे प्रचण्ड-नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्ने

नेकपाकाे प्रचण्ड-नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन  गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदाे वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।