नेपाल बन्दको बिहानै पाल्पामा बम विस्फोट

नेपाल बन्दको बिहानै पाल्पामा बम विस्फोट

पाल्पा । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले आयोजना गरेको बन्दको बिहानै पाल्पामा बम विस्फोट भएको छ । 

एकाबिहानै ठुलो आवाज सहित तानसेन नजिकै विस्फोटको आवाज सुनिएको स्थानीय जनताले बताएका छन् । तानसेनकै बतासे र प्रभासमा सडक अवरुद्ध गर्न टायर बालिएको जनाएको छ । पाल्पामा छोटो तथा लामो दुरीका कुनैपन सवारी साधन चलेका छैनन् ।

तानसेनमा नै आज ओली समूहको कार्यक्रम रहेको । ओली समूहका नेता तथा प्रदेश मुख्यमन्त्री शङ्कर पोखरेल र पूर्व मन्त्री महेश बस्नेत सहभागी हुने कार्यक्रमलाइ नै प्रभावित गर्ने गरी विस्फोट भएको स्थानीयहरूको भनाइरहेको छ। यद्यपि विस्फोट बारे नेकपाले जिम्मेवारी लिइसकेको छैन ।