५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

प्रचण्डले इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार प्रधानमन्त्री निवासमा भेटिए । तीमध्ये कतिपय २०६६ मा अयोग्य घोषित भएपछि र कति २०६९  मा सेना समायोजन भएपछि दृश्यमा थिएनन्।

सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नभएको भन्दै उनीहरु बेलाबेला आन्दोलित भएका थिए । उनीहरुमध्ये ५० जनाभन्दा बढी पूर्वलडाकु नेकपाको ओली समूहमा समाहित भएको खबर कान्तिपुरमा छापिएको छ । ओलीले घाइते र अपांगता भएकालाई निःशुल्क उपचार गर्ने, सहित परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।