रुसमा विपक्षी नेताको समर्थनमा प्रदर्शन गर्ने तीन हजारभन्दा धेरै पक्राउ

रुसमा विपक्षी नेताको समर्थनमा प्रदर्शन गर्ने तीन हजारभन्दा धेरै पक्राउ

रुसको प्रहरीले विपक्षी नेता एलेक्सि नाभाल्नीको समर्थनमा प्रदर्शन गर्ने तीन हजारभन्दा धेरैलाई पक्राउ गरेको छ । नाभाल्नीको समर्थनमा हजारौं मानिसहरुले शनिबार प्रदर्शन गरेका थिए । प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको थियो । झडपमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

नाभाल्नी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । गत अघिल्लो आइतबार जर्मनीबाट फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । अगष्टको अन्तिममा भएको विष आक्रमणको कारण अन्तिम अवस्थामा पुगेका नाभाल्नी आफ्नो उपचारको लागि जर्मनी गएका थिए ।

यसअघिको मुद्दाको शर्त पालना नगरेको भन्दै नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । यद्यपि नाभाल्नीले भने आफूमाथि लगाइएको आरोपमा आफ्नो आवाज बन्द गराउने उद्देश्य रहेको बताएका छन् ।