प्रतिनिधि सभा विघटनविरुद्ध आठ जना अधिवक्ताले आइतबार बहस गरेका छन्।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू निकिता ढुंगाना, केदार कार्की, कृष्णप्रसाद शर्मा, वीरेन्द्र ठाकुर, दिपक राई, अधिवक्ता शिवाहाङ राई,अधिवक्ता देवराज पोखरेल ८ जनाले बहस गरेका हुन्।
सबैले आज रिट निवेदनको पक्षमा बहस गरे। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट परेको छ।ती रिटको सुनुवाइ माघ ४ देखि निरन्तर भइरहेको छ।