आगामी मध्यावधि निर्वाचनमा बैतडीमा ९ ओटा मतदान स्थल थपिने

आगामी मध्यावधि निर्वाचनमा बैतडीमा ९ ओटा मतदान स्थल थपिने

बैतडी । आगामी मध्यावधि निर्वाचनमा बैतडीमा ९ ओटा मतदान स्थल थप गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले सरोकारवालाहरुसंग छलफल पस्चात जिल्लामा ९ ओटा मतदान स्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा मतदान स्थल थप्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

मतदाता संख्या, भौगोलिक विकटता लगायतका आधारमा मतदान स्थल थपिएको बताउदै जिल्ला निर्वाचन अधिकारी फुयाँलले पाटन नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा १÷१ मतदान स्थल थप्ने निर्णय भएको छ भने पुर्चौंडी नगरपालिका, डिलाशैनी र सिगास गाउँपालिकामा २/२ ओटा मतदान स्थल थप्ने निर्णय भएको बताउनु भयो । 

२०७४ सालको निर्वाचनमा १२० मतदान स्थल रहेको बैतडीमा अब १२९ मतदान स्थल हुनेछन् भने १८२ मतदान केन्द्रमा थप भएर १९३ मतदान गर्ने हुने भएका छन् । सरकारले आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको घोषणा गरेपछि जिल्ला तहमा पनि त्यसको तयारी भइरहेको हो ।