सञ्चारकर्मी माथि दुर्व्यवहारमा उत्रिने जो कोही लाई पनि हदै सम्मको कारबाही हुनु पर्छ: संयोजक बिक

सञ्चारकर्मी माथि दुर्व्यवहारमा उत्रिने जो कोही लाई पनि हदै सम्मको कारबाही हुनु पर्छ: संयोजक बिक

धनगढी । समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द्र केसीले रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि गरेको दुर्व्यवहारको भिडियोसहितको खबर सार्वजनिक भएपछि  कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार को चौतर्फी आलोचना भएको छ । 

विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबिच प्रेस संगठन कैलालीका संयोजक हरिश बिकले घटनाको निन्दा गरेका छन् ।

रेडियो धनगढीको लोकप्रिय कार्यक्रम सुदूर बहसमा बोल्दै प्रेस संगठन नेपालका संयोजक बिकले भने, 'सुदर्शन पत्रकार श्रेष्ठ माथि जे जस्तो दुर्व्यवहार भयो, त्यो निन्दनीय छ । यसको जति भर्त्सना गरे पनि पुग्दैन । सञ्चार कर्मीमाथि भएको दुर्व्यवहारको प्रेस संगठन नेपाल निन्दा र भर्त्सना गर्दछ ।'

उनले लोकतन्त्रमा जो कोहीलाई पनि प्रश्न गर्ने अधिकार भएको बताउँदै भने,  'यस्तो गलत काम गर्ने मालपोतका हाकिमविरुद्ध कानुनी कारवाही हुनै पर्छ ।'

पत्रकार श्रेष्ठमाथि भएको दुर्व्यवहार समग्र प्रेस जगत माथि भएको दुर्व्यवहार भएकाले यस्ता प्रवृतिविरुद्ध लाग्नुको कुनै पनि विकल्प नभएको दाबीसमेत गरेका छन् । दोषी माथि कारवाही नभएसम्म प्रेस संगठन नेपाल निरन्तर लागिरहने मा उनले जोड दिए ।