पत्रकार माथि दुर्व्यवहार गरिनु आपत्ति जनक छ, दोषी कानुनी दायरामा आउनुपर्छ: अध्यक्ष शाह

पत्रकार माथि दुर्व्यवहार गरिनु आपत्ति जनक छ, दोषी कानुनी दायरामा आउनुपर्छ: अध्यक्ष शाह

धनगढी । समाचार संकलनका क्रममा मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द्र केसीले रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि गरेको दुर्व्यवहारको भिडियोसहितको खबर सार्वजनिक भएपछि  कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार को चौतर्फी आलोचना भएको छ । 

अहिले विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ सुदूरपचिमका अध्यक्ष अर्जुन शाहले घटनाको निन्दा गरेका छन् ।

रेडियो धनगढीको लोकप्रिय कार्यक्रम सुदूर बहसमा बोल्ने क्रममा मालपोतमा बिचौलियाहरुको राज भएकाले प्रश्न उठाउने पत्रकारमाथि दुर्व्यवहार गरेकोमा पत्रकार महासंघको आपत्ति रहेको बताउदै उनले भने, 'आज यस घटनाबारे हामी सीडीओ सापसँग कुरा गर्छौं, सम्बन्धित सबैसँग कुरा गर्छौं र यस घटनाका दोषी कानुनी दायरामा आउनुपर्छ भन्ने कुरामा हामी अडिक छौं ।' उनले भने ।