२३ दिनपछि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

२३ दिनपछि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ सम्म चलेको बैठक आज पुनः बस्न लागेको हो। आजको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ। यसअघि चलेको बैठकमा २१ जना सदस्यले मात्रै आफ्नो धारणा राखेका छन्।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि यसको विरोधमा उत्रिएको कांग्रेसमा पनि दुई पक्ष स्पष्ट देखिएका छन् । पौडेल पक्ष प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् । तैपनि विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको कांग्रेसले यस अघि सबै निर्वाचन क्षेत्र, प्रदेश सभा, स्थानिय तह र वडास्तरमा विरोध कार्यक्रम संचालन गरिसकेको छ ।