राजधानीकर्मी डब्बु क्षत्रीलाई गीतकार सम्मान

राजधानीकर्मी डब्बु क्षत्रीलाई गीतकार सम्मान

काठमाडौंमा एक समारोहबीच नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडियाले दुई वर्ष अघिबाट सुरु गरेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नारा राखिएको यो तेश्रो श्रृखला हो ।

समारोहमा विभिन्न ५२ विधाका लागी ७१ वटा अवार्ड प्रदान गरियो । नेपाली सहित १४ भाषाका गीतसंगीत तथा म्युजिक भिडियोलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सञ्चारमन्त्री पार्वत गुरुङ, अग्रज संगीतकार शम्भूजित बासकोटा, सुदुर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न।पा। का मेयर सन्तोष चालिसेलगायतले सो समारोहमा सम्बन्धित कलाकारलाई सम्मान, पुरस्कार तथा अवार्ड प्रदान गरे ।

गीतकार डब्बु क्षत्रीलाई गीत लेखनमा लामो समयदेखि निरन्तर योदान पु(याएको भन्दै विशिष्ट गीतकार कला सम्मानबाट सम्मानित गरियो । पत्रकारितामा लामो योगदान दिएको भन्दै यस वर्षको नेशनल पत्रकारिता पुरस्कार पत्रकार कुवेर गिरीलाई प्रदान गरियो । गायक सिताराम पोखरेललाई रजत सम्मानवाट सम्मानित गरियो । क्षत्री, पोखरेल र गिरीलाई सञ्चारमन्त्री गुरुङले सम्मान प्रदान गरे । यस्तै सम्मानित हुने अन्यमा पत्रकार नवराज बजगाई (काभ्रे), पत्रकार शिव देवकोटा (नुवकोट), पत्रकार सुजन विश्वकर्मा (पोखरा), भिडियो निर्देशक बविता वस्नेत, गायक शशि बिक्रम थापा थिए ।