कञ्चनपुरमा भन्सार छलेर ल्याइएका करिब २३ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलेर ल्याइएका करिब २३ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुर ।  कञ्चनपुरमा भन्सार छलेर ल्याइएका करिब २३ हजार बराबरको अवैध सामान बरामद गरीएको छ। 

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित झोलुङगेपुल छेउबाट बेवारिसे अवस्थामा विभिन्न सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले
 जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भन्सार छलेर ल्याइएका गुड टाइम ५ प्याकेट, टीरिच १० प्याकेट, नोबु चटकरा १५ प्याकेट, डेनिम ५ प्याकेट, बोनी निपल ५ बट्टा, ब्लेड २० प्याकेट, पञ्चवटी अगरबत्ती ७ प्याकेट, हेण्डप्लस ५ बट्टा, चाँदे सितारा ९ प्याकेट र नमकिन २० पाकेट गरी अन्दाजी २२ हजार ८ सय ५० बराबरको सामान बरामद गरिएको छ। 

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डचौकीमा पठाइएको निरीक्षक शाहीका ले बताए।